Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालरामेछापमा पहिरोले दुई जनाको मृत्यु, आठ बेपत्ता

रामेछापमा पहिरोले दुई जनाको मृत्यु, आठ बेपत्ता


काठमाडौँ । रामेछापमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । पहिरोमा आठ जना बेपत्ता भएका छन् ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

गएराति अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खस्दा लेकखर्कका ४ घर बगाएको हो । पहिरोमा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने ८ जना अझै बेपत्ता छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए ।

पहिरोमा परेर ३२ वर्षीया चण्डिका थापा मगर र उनका अन्दाजी दुई वर्षका छोरा आमुस मगरको मृत्यु भएको छ भने चण्डिकासँगै त्यस घरमा रहेकी अञ्जना पहरीको जीवितै उद्धार गरिएको हो ।

यस्तै पहिरोमा बेपत्ता हुनेमा ९० वर्षीया पुड्की पहरी, ४५ वर्षीया उर्मिला पहरी, १५ वर्षीय सन्तोष पहरी, १६ वर्षीय विज्ञान पहरी, १५ वर्षीय सन्दीप पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र २० वर्षीया विनीता पहरी पनि बेपत्ता भएका छन् ।

यस्तै पहिरोमा पुरिएर गोमा पहरीको घरमा रहेका ३ वटा भैँसी र १० वटा बाख्रा, उर्मिला पहरीको एउटा भैँसी, तीनवटा गाई र १८ वटा बाख्रा तथा कर्णबहादुर पहरीको एउटा बाख्रा पनि बेपत्ता भएका छन् ।

पहिरोले चारवटा घर बगाएको छ भने पुरै बस्ती जोखिममा परेको छ । यस्तै अविरल वर्षाका कारण आएको बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको तीन वटा पक्की पुल बगाएको स्थानीयले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT