Techie IT
२०८१ असोज ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै


काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदै छ ।

जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।

प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण

पाँचथर । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र

क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित

काठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…

काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका

Techie IT