Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंविधान संशोधन सबैसँग सल्लाह गरेर गर्ने होः सभापति देउवा

संविधान संशोधन सबैसँग सल्लाह गरेर गर्ने होः सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताएका छन् ।

उनले गत असार १७ गते भएको सात बुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेर मात्रै संविधान संशोधन गरिने पनि बताए ।

कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिका अवसरमा नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले मंगलबार काठमाडौँमा गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गर्ने सहमति एमालेसँग भएको र यो लुकाउनुपर्ने विषय नरहेको बताए ।

सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष को बन्ने भन्नेजस्ता विषयमा पनि छलफल आवश्यक रहेको बताए। ‘यदि सबैमा सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष पनि हुने व्यवस्था हुन सक्दछ, जुन भारतलगायत अरू देशमा पनि अभ्यास छ,’ देउवाले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT