Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु


काठमाडौँ । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७०० जनामा संक्रमण देखिएको र तीमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै संक्रमित भएकाहरू युवा छन् ।

सन् २०२२ डिसेम्बरमा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देश र महाद्वीपबाहिरका अरू धेरैलाई असर गरेको छ ।

त्यहाँका स्वास्थ्यमन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा संक्रमण फैलनबाट रोक्न मद्दत गरेको बताए ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार, २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाको संख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान…

एजेन्सी। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ

जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्‍याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए

एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा

दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाही

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ । चार हजार अवैध आप्रवासी कामदार बसेको

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच

Techie IT