Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता

ब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदार)को मान्यता प्राप्त गरेको छ । ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत इनोभेट फर इम्प्याक्ट (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट यो मान्यता पाएको हो ।

ब्रिटिस कलेजको आईएफआई परियोजना हरित शिक्षा र दिगोपनप्रति लक्षित छ । युनेस्कोको बिभिन्न उच्च मापदण्डहरु पूरा गरेकै कारणले गर्दा कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यससँगै कलेज युनेस्कोबाट सम्मान प्राप्त गर्ने नेपालको एकमात्र शैक्षिक संस्था बनेको छ ।

यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको बिभिन्न स्रोतहरु जस्तै, ज्ञान प्राप्त गर्ने, बिभिन्न कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरुमा पहुँच प्राप्त गरेको छ । त्यसैगरि अब कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरुसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ ।

कलेजको उपलब्धिपछि प्रक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भन्नुभयो, ‘ हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ । त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ । हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं । साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन हाम्रो कलेज सक्षम रहेको छ ।’

ग्रिनिङ एजुकेशन पार्टनरको रुपमा मान्यता पाएकोमा ब्रिटिस कलेज गर्व गर्दै शिक्षा तथा अन्य संस्थाहरुलाई पनि यस्ता कार्यको लागि प्रेरित गर्दछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT