गृहपृष्ठ ∕
अर्थ ∕
नेप्सेमा झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार नेप्सेमा झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार
काठमाडौँ । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।
६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेले आज तीन हजार विन्दुमा पुगेको छ । नेप्से आज ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ । दिउँसो साढे दुई बजे शेयर बजार तीन हजार ३६ विन्दुसम्म पुगेको थियो । बन्द हुने बेलामा भने तीन हजार विन्दुमा रोकिएपनि नेप्से आज झण्डै तीन वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको
पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका