Techie IT
२०८१ मंसीर १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित


काठमाडौँ । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ पारित भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए । त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए ।

सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल हुनेछ । त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ । राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँ

म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो

सभामुख घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय

कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकियो

काडमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बाघ भैरव

पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाहा मध्यपश्चिम एव सुदूरपश्चिम क्षेत्रको भ्रमणमा पत्नी कोमल

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा

Techie IT