गृहपृष्ठ ∕
राजनीति ∕
विद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्ला विद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्ला
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसूलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ ।
रास्वापा सांसद हरि ढकालले आकस्मिक समयमा भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसूलबारे कुरा राख्न थालेका थिए । तर सभामुख देवराज घिमिरेले भने ढकालले सार्वजनिक यातायातको विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका छन् ।
रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि साथ दिएका छन् । सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका छन् ।
लामिछानेले सांसद हरि ढकालले विद्युत् महसूलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाएका छन् । त्यसपछि केहीबेर सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच भनाभन भएपछि संसद् बैठक फेरि चलिरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको