Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबारामा माछा खाएर विरामी परेका तीन बालबालिको मृत्यु

बारामा माछा खाएर विरामी परेका तीन बालबालिको मृत्यु


काठमाडौँ । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका– ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

शनिबार बेलुकी माछा र भात खाएर सुतेका उनीहरु विरामी परेका थिए,उपचारका क्रममा सोमबार तीनै जनाको मृत्यु भएकोहो ।

प्रहरीका अनुसार शनिबार बेलुकी गाउँकै पोखरीमा माछा मारेर स्थानीय व्यापारीले गाउँलेलाई बेचेका थिए। गाउँको पश्चिमतर्फ रहेको पोखरीबाट व्यापारीले मारेर ल्याएका माछा ४०–५० घरपरिवारले किनेका थिए । तीमध्ये माछा र भात खाएर सुतेका नरेशका तीनजना छोराछोरीलाई राति नै पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको प्रहरीलाई परिवारजनले बताएका छन् ।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुरूलाई त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । कलैयाबाट चिकित्सकले थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा रिफर गरेका थिए ।

तीनै जनालाई कलैयाबाट वीरगञ्ज लाँदै गर्दा लालिमाको बाटोमै मृत्यु भयो। दुई जना बालकको उपचारको क्रममा मृत्यु भएको हो । तीनै जनाको शव सोमबार कलैया अस्पतालमा पोस्टमर्टम गरी सदगद् गरिएको प्रहरील् जनाएको छ । गाउँले एवं परिवारजनले माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको आशंका गरेका छन्।

तर त्यही माछा–भात खाएका मृतकका आमा, बाजे, बज्यै र अन्य गाउँलेलाई केही भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकका परिवार विपन्न छ। मृतक बालबालिकाका बुवा नरेश मजदुरीको सिलसिलामा भारतको दिल्लीमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT