Techie IT
२०८१ असोज ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियग्रीसको जङ्गलमा आगलागी

ग्रीसको जङ्गलमा आगलागी


एजेन्सी । ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ । एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ ।

सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT