Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थकन्टेन्ट प्रतियोगिता आयोजना गर्दै जगदम्बा मोटर्स

कन्टेन्ट प्रतियोगिता आयोजना गर्दै जगदम्बा मोटर्स


काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लगिएको हो । उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुने बताइएको छ । कम्पनीका अनुसार सो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि सबैभन्दा ठूलो पुरस्कार राशि रहेको हो ।

टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताइन् ।

त्यस्तै पोस्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रूपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए । कन्टेन्टको क्वालिटी र इंगेन्जमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगन्जमा तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । पर्सामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ का ३१ वर्षीय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो

नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु

नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ । लिखु

पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ

चितवन । चितवन पाटे बाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी

Techie IT