Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगजलकार खिम केसीको ‘लोरी’को काठमाडौँमा परिचर्चा

गजलकार खिम केसीको ‘लोरी’को काठमाडौँमा परिचर्चा


काठमाडौँ । गजलकार खिम केसीको हालै प्रकाशित गजल संग्रह ‘लोरी’को काठमाडौँमा परिचर्चा भएको छ ।

शनिबार गजलकार ज्ञानुवाकर पौडेल, शीतल कादम्बिनी‍लगायत गजल क्षेत्रका अग्रजहरूको प्रमुख उपस्थितिमा केसीको ‘लोरी’को परिचर्चा गरिएको हो ।

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा गोधुली साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा केसीका गजल गायन एवम् वाचन पनि गरिएको थियो ।

लामो समयदेखि प्रदेशी भूमिमा रहेर कलम चलाइरहेका केसीका गजलहरूमा देश प्रेम, युवाको भूमिका, प्रदेशीका पीडा, गाउँघरका सामान्य दैनिकी र आमाप्रतिको प्रेम एवम् भावना जोडिएको कार्यक्रमका प्रमुख वक्ता गजलकार ज्ञानुवाकर पौडेलले टिप्पणी गरेका गरेका थिए ।

यस्तै, गजलकार शीतल कादम्बिनीले केसीका गजलमा सरल भाषाशैली र निकै मार्मिक भाव पाएको टिप्पणी गरिन् । उनले केसीका गजल वाचनभन्दा पनि गायनमा झनै राम्रो रहेको बताइन् ।

गत असार २४ गते दाङमा विमोचन भएको ‘लोरी’ बिक्रीबाट आउने रकम र त्यसमा आफूले केही रकम थप गरेर आमाबुवाको नाममा चार लाख बराबरको अक्षयकोष राप्ति साहित्य परिषद्को नाममा स्थापना गर्ने केसीको घोषणा छ ।

दाङ घर भई हाल अमेरिकालाई कर्मथलो बनाइरेका केसीले लामो समयदेखि नियात्रा, गजल, गीत र कवितामा कलम चलाउँदै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

Techie IT