Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमन्त्रिपरिषद्‌मा वरीयता हेरफेर

मन्त्रिपरिषद्‌मा वरीयता हेरफेर


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् । मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ ।

हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ । मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम देहायअनुसार हेरफेर गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । मन्त्री पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT