Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थलकी ट्राभल एण्ड टुर्स प्रालिले जित्यो नाै विभिन्न एअरलाइन्सकाे अवार्ड

लकी ट्राभल एण्ड टुर्स प्रालिले जित्यो नाै विभिन्न एअरलाइन्सकाे अवार्ड


काठमाडौँ । लकी ट्राभल एण्ड टुर्स प्रालिले गत वर्ष विभिन्न नाै एअरलाइन्सकाे विविध विधाका अवार्ड जित्न सफल भएकाे छ ।

प्रालिले २१ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेकाे प्रेस विज्ञप्तिमा गत वर्ष नाै अवार्ड जितेको जानकारी दिएको हो ।

प्रालिले विमान बंगलादेशकाे शीर्ष ५ बिक्री पर्फमेन्स अवार्ड वर्ष २०२२/२३ , थाई एयरवेज आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त ) , चाइना साउथर्न एयरलाइन्सको उत्कृष्ट बिक्री पर्फमेेन्स पुरस्कार वर्ष २०२३ को (सन्२०२४ मा प्राप्त भएकाे), टर्किस एयरलाइन्स टप एजेन्ट पुरस्कार वर्ष २०२२/२३ ( सन् २०२४ मा प्राप्त ) गरेको छ ।

यसैगरी कतार एयरवेजको बेस्ट स्टुडेन्ट रेभिन्यु पर्फर्मेन्स पुरस्कार वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त) , वर्ष २०२२/२३को लागि मलेशिया एयरलाइन्स टप एजेन्ट पुरस्कार , हाह्न एअरकाे टप बिक्री एजेन्ट पुरस्कार वर्ष २०२२/२३, श्रीलंका एयरलाइन्स टप एजेन्ट रजत पुरस्कार वर्ष २०२२/२३, भिस्तारा एअरलाइन्स टप एजेन्ट पुरस्कार सन् २०२२/२३ प्राप्त गरेकाे छ ।

यस्तै ट्राभलले मेराेफ्लाइट डटकमका लागि सन् २०१८ बाट आक्रामक मार्केटिङ गर्दै सेवा दिइरहेको छ । मेराेफ्लाइट डटकमले यात्रुहरूको विकसित आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको यात्रा सेवाहरूको लागि एक व्यापक अनलाइन प्लेटफर्म प्रदान गरेकाे कम्पनीले जनाएको छ ।

काठमाडौंको गैरीधारामा २५ सय स्क्वायर फिट क्षेत्रफलमा अवस्थित नयाँ ओटीए कार्यालयले ग्राहकहरूको सुविधा सुनिश्चित गर्दै पर्याप्त पार्किङ स्पेस प्रदान गरेको कम्पनीले जनाएको छ ।

ट्राभलका अध्यक्ष एम.एस. काप्री २१औं वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेकाे बताउँछन् । उनी भन्छन् , ‘ यो उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हाे । हामी हाम्रा उपलब्धिहरू र हाम्रा ग्राहकहरूले हामीमाथि राखेको विश्वासमा गर्व गर्छाैँ । ‘

आगामी दिनमा नवीनतालाई अँगालेर, नयाँ बजारहरूमा पहुँच विस्तार गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता अध्यक्ष काप्री व्यक्त गर्दछन् । ट्राभलका प्रबन्ध निर्देशक सनम शाक्य प्राप्त उपलब्धिबाट आफुहरु उत्साहित रहेकाे बताउँछन् ।

उनले भने “लगातार नौ अवार्ड जित्नु हाम्रो टोलीको लागि उल्लेखनीय उपलब्धि हाे । यसले हाम्रो समर्पण र कडा परिश्रम झल्काउँछ।’ ट्राभल उद्योगमा छुट्टै पहिचान कायम राख्दै नयाँ टेक्नोलोजीको प्रयाेग गर्ने लक्ष्य राखिएको उनी बताउँछन् । ” बलियो नेतृत्व टोली र भविष्यको लागि स्पष्ट दृष्टिकोणको साथ, लकी ट्राभल आगामी वर्षहरूमा अझ ठूलो सफलताको प्राप्त गर्ने लक्ष्य राखेका कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT