गृहपृष्ठ ∕
राजनीति ∕
सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्ष दलले पाउनुपर्छः प्रचण्ड सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्ष दलले पाउनुपर्छः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने माग गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने उनले चेतावनी समेत दिए । उनले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पारे । उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने भए समर्थन रहने उनको भनाइ छ ।
वर्तमान सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको उनले जिकिर गरे । दुई राजनीतिक दल मिलेर मात्र संविधान संशोधन हुन नसक्ने उनले बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा पनि उनले जोड दिए । सरकार बिचौलियाले बनाइदिएको उनले आरोप लगाए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष
एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ