Techie IT
२०८१ असोज ५, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडाैँ–तराई द्रुतमार्ग: मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

काठमाडाैँ–तराई द्रुतमार्ग: मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो


काठमाडाैँ । काठमाडाैँ –तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर आज सुरुङ छिचोलेका हुन् ।

धेद्रे सुरुङको निजगढबाट काठमाण्डाैतर्फ आउने १६ सय ५ मिटर लामो सुरुङ गएको जेठमा नै छिचोलिएको थियाे । आज काठमाडाैँबाट निजगढतर्फ जाने १७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

अब काठमाडाैँबाट निजगढतर्फ महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । सबैभन्दा लामो ३३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा ६ वटा सुरुङ बन्दैछन्, यी सुरुङको लम्बाइ झन्डै साढे १० किलोमिटर छ । अहिलेसम्म झन्डै साढे ५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।

यस्तै यस आयोजनामा बन्ने ८९ वटा पुलको लम्बाइ १२ किलोमिटर ८८ मिटर रहेको छ । द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र खण्ड १० मा ठेक्का लागेर कामसमेत भइरहेको छ । खोकना खण्डको साढे ६ किलोमिटर खण्डमा ठेक्का हुन सकेको छैन ।

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि अहिलेसम्म केही प्याकेजको ठेक्का नै लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ सालको चैतलाई तोकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

काठमाडौँ । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक,

नगरकोटमा ७ जना सवार कार दुर्घटना

काठमाडौँ । भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ आइरहेको

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर

Techie IT