Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालटीआरसीमा सहमति जुट्यो

टीआरसीमा सहमति जुट्यो


काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। विधेयकमाथि छलफल गरेर कार्यदलको बैठकमा सहमति जुटेको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा सबै विषयमा सहमति जुटेको र अब प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। ‘कानुन निर्माण गर्ने कुरामा अन्तिम सहमति हामीले गरेका छौँ । अब प्रक्रियामार्फत अघि बढ्छ,’ शर्माले भने, ‘बाँकी ४ वटा विषयहरू थिए, त्यसलाई आज हामीले सहमतिको साथ टुंगो लगाएका छौँ । अब हामी प्रतिवेदन नेताहरूलाई बुझाउने छौँ। त्यसपछि समितिले आफ्नो विधि अनुसार अघि बढाउँछ। यसमा सहमति हुनु ठूलो कुरा हो ।’

सुरक्षाकर्मी, बहिर्गमित योद्धाको बारेमा पनि स्पष्ट पारिएको उनले बताए । ‘गम्भीर मानव उल्लंघनको विषयमा नियतवस वा स्वेत्छाकारी हुने भन्ने उल्लेख गरेका छौँ,’ उनले भने । मुख्यतः पीडितलाई सम्बोधन होस् भन्ने आधारमा माग अनुसार नै टुंग्याइएको उनले दाबी गरे । एमाले मुख्य सचेतक महेश बर्तौलाले गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयहरू पेचिलो बन्दै गएपनि बिहीबार सहमति जुटेको बताए ।

पीडकमाथि २५ प्रतिशत सजायको माग दाबी लिएर जान पाउने प्रावधान राखिने उनले बताए । ‘सजाय मागदाबीको अन्योल थियो। २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने। पीडितलाई केन्द्रमा राखेर गर्ने गरी अघि बढेका छौं,’ उनले भने । उनले अब नेपालको शान्ति प्रक्रिया ठीक ढंगबाट २/३ वर्षभित्र टुंगोमा पुर्‍याउन सकिने बताए ।

गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको कार्यदलले भोलि बेलुकीसम्म तीन शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने। त्यसपछि समितिले आवश्यक प्रक्रिया पुर्‍याएर कानुन पारित हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इटहरीमा बिजुली बस सेवा सुरु

सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा…

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन्

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधवार ललितपुरमा गणेशमान

ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री…

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीको बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनको आधार कारबाही अघि बढाइने बताएका

Techie IT