Techie IT
२०८१ असोज १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्सेमा झण्डै २२ अर्ब रुपैयाँको कारोबार

नेप्सेमा झण्डै २२ अर्ब रुपैयाँको कारोबार


काठमाडाैँ । शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।

यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१

Techie IT