Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छः गगन थापा

सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छः गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताएका छन् । दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए ।

उनले भने, ‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् । नेपालमा जतिसुकै शक्तिशाली होस्, चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भन्दिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन ।’

कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने

निराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत

कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर

Techie IT