Techie IT
२०८१ असोज १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार २० अङ्कले घट्यो

शेयर बजार २० अङ्कले घट्यो


काठमाडाैँ । हिजो एक सय तीन अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै दुई हजार सात सय ३७ विन्दुमा पुगेको शेयर बजार दिनभरको उतारचढावबीच घटेको हो ।

आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज आरम्भ चौतारी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बजार ओरालो लागे पनि कारोबार रकम भने ३५ महिनायताकै उच्च भएको छ । आज तीन सय २५ वटा कम्पनीका चार करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ६१ करोड १२ लाख र कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१

Techie IT