Techie IT
२०८१ असोज ५, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा लगानी गर्न जापानीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

नेपालमा लगानी गर्न जापानीहरूलाई राष्ट्रपति पौडेलको आग्रह


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले सरकारले हालै मात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।

नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासन जस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकामा उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । त्यस अवसरमा जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेकाले ती कम्पनीलाई लगानी गर्न सहज वातावरण बनाउन राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।

जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुसी लागेको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकालाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिए ।

प्रतिनिधिमण्डलले आर्थिक गतिविधिको मुख्य केन्द्र राजधानी काठमाडौं बनिरहेकाले अहिलेको परिस्थितिलाई विकेन्द्रित गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यहीँ गएर काम गर्ने वातावरण बनाउनसमेत नेपालाई सुझाव दियो ।– रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आइएमएफ उपनिर्देशक

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ

प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि

दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि

काठमाडौँ । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ । यस वर्ष

काभ्रेभञ्ज्याङबाट २६ बाक्सा पटाका बरामद

बनेपा । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

काठमाडौँ । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक,

Techie IT