Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटन१ वर्षमा २ लाख ४५ हजार जनाभन्दा धेरै विदेशी पर्यटकले भक्तपुर भ्रमण गरे

१ वर्षमा २ लाख ४५ हजार जनाभन्दा धेरै विदेशी पर्यटकले भक्तपुर भ्रमण गरे


भक्तपुर । भक्तपुर घुम्न पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार पाँच सय ९३ जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । गएको आर्थिक वर्षमा नगरपालिकाले पर्यटन शुल्कबाट २७ करोड ४५ लाख रुपैयाँभन्दा धेरै सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक भारतबाट ८७ हजार सात सय ९८ जना आएका छन् । यस्तै चीनबाट ४० हजार चार सय एक, अमेरिकाबाट १३ हजार दुई सय ३०, जर्मनीबाट ११ हजार सात सय पाँच, फ्रान्सबाट १० हजार तीन सय २२, इटालीबाट सात हजार नौ सय ४६, स्पेनबाट ६ हजार ६ सय ८१, जापानबाट ६ हजार एक सय ७०, इङ्गल्यान्डबाट ६ हजार ६६ जना पर्यटक आएका छन् ।

नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रूपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धरानको घण्टाघर घुम्न जाने पर्यटक बढदै

काठमाडौं । धरान उपमहानगरपालिका २ स्थित धरानको भानु चोक अवस्थित घन्टाघर घुम्न जाने पर्यटक बढेका छन । हङकङ मन्च नगर

मुन्दुम भ्रमण वर्षको तयारी तीव्र

भोजपुर । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र बनाइएको छ

धरहरा व्यवसायिक रुपमा खुला

काठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा चढ्दा र पार्किङ गर्दा आज (आइतबार) बाट शुल्क तिर्नुपर्ने भएको छ । संंविधान दिवस देखि

‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’

काठमाडौँ । नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथा

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर । उत्तरी धुर्वमा चिसो बढे सँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरिया लगायत क्षेत्रमा हिमपात

Techie IT