Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार १ सय १३ अङ्कले बढ्यो

शेयर बजार १ सय १३ अङ्कले बढ्यो


काठमाडाैँ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय १३ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ । नेप्से आज ३० महिनायताकै उच्च विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । १९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेकोमा धेरैजसो वाणिज्य बैंकका रहेका छन् । समग्रमा बजार बढे पनि आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे नाै प्रतिशतले घटेको छ ।

आज चार करोड तीन लाख कित्ता शेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख र एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शेयर बजारमा दुई पटक ‘सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको थियो । बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

अस्ति शुक्रवार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा लिन पाउने कर्जाको २० करोड रुपैयाँको सीमा हटाएको छ जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर)

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…

काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

Techie IT