Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थमौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए ।

मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उनले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताए ।

अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो । गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ ।

पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय

बैंकको ब्याजदर घट्यो

काठमाडाैँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य

नेप्सेमा ५०.७३ अंकले गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब

सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै

Techie IT