Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर


काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।

कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’

सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२.५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिए । कम्पनीले एमडब्लूसी इयरबड प्रो (एमटी९९९) मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।

उक्त इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकेको छ । यद्यपि अहिले सो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिए । यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT