Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वमन्त्रीले घुस दिएको प्रकरणबारे अनुसन्धान अघि बढिसक्योः गृहमन्त्री

पूर्वमन्त्रीले घुस दिएको प्रकरणबारे अनुसन्धान अघि बढिसक्योः गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर दिएको अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए ।

‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छ । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ,’ गृहमन्त्री लेखकले भने ।

पूर्वमन्त्री महतोले आइतबारको प्रतिनिधिसभा बैठकमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएको कुरा बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्। निर्णायक बनेको जनता समाजवादी पार्टी(जसपा)को मत

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । पर्वका अवसरमा

Techie IT