गृहपृष्ठ ∕
अर्थ ∕
बजेटले अर्थतन्त्रको समस्यालाई सामान्यीकरण गरेको छः विष्णु पौडेल बजेटले अर्थतन्त्रको समस्यालाई सामान्यीकरण गरेको छः विष्णु पौडेल
काठमाडौँ। नेकपा एमालेका सांसद विष्णु पौडेलले बजेटले अर्थतन्त्रको समस्यालाई सामान्यीकरण गरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै निवर्तमान अर्थमन्त्री पौडेलले प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रको समस्यालाई सामान्यीकरण गरेको बताएका हुन्।
सांसद पौडेलले भने, ‘सरकारले लिएको पहल कदमीले अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेको भ्रम छर्ने काम गरेको छ।’
पौडेलले अर्थमन्त्रीले खर्च कटौतीको नारा ल्याएर राष्ट्रपति, प्रधानमन्त्री, जनप्रतिनिधिको भत्ता कटौती किन गर्न नसकेको भन्दै प्रश्न गरे। आर्थिक दायित्व खासै नपर्ने संस्थाहरु खारेज गर्ने निर्णय भएपनि खर्च घटाउन भत्ता खारेज गर्ने काम गर्न नसकेको उनको भनाई छ।
उनले कम किलोवाट क्षमताका विद्युतीय सवारी साधनको कर बढाएको किन भन्दै प्रश्न गरे। पौडेलले विद्युतीय सवारी साधनको करको हर हेरफेर गर्ने प्रस्तावको औचित्य पुष्टि गर्न चुनौती दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको