Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाललुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त


काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गरेका आचार्यलाई आज प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकासम्मको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताए ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लागेका एमाले स्रोतले बताएको छ । गिरीले भने उपाध्यक्ष र महासचिवबीचको विवादका कारण आफू अन्यायमा परेको गुनासो गरेका छन् ।

आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो । लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT