Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीलाई माओवादीको प्रश्नः गिरीबन्धु टि–स्टेटलगायतका प्रकरणमा के गर्नुहुन्छ ?

प्रधानमन्त्रीलाई माओवादीको प्रश्नः गिरीबन्धु टि–स्टेटलगायतका प्रकरणमा के गर्नुहुन्छ ?


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएको अभिव्यक्ति जनतालाई भ्रम दिने गरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेटलगायतको भ्रष्टाचारको फाइल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे ।

उपमहासचिव पुनले गिरी बन्धु टि–स्टेटलगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताए ।

उनले भने, ‘‘आज भ्रष्टाचारको कुरा उठने बित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइल खोल्नेबित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी–स्टेटसम्मका कुराहरु उठ्दै गर्दा यहाँ नेपाली कांग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ । त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी–स्टेट, गिरीबन्धु टी स्टेट भनियो । के हुन्छ यसमा ? यसमा हामीले जवाफको अपेक्षा गरेका छौँ । नेपाली जनताले यसको जवाफको अपेक्षा गरेको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT