Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंविधान संशोधन गर्दा सबै दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्छौंः देउवा

संविधान संशोधन गर्दा सबै दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्छौंः देउवा


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रियाभित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।

सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतीबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सहमति भएको अवगत नै छ ।’

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

Techie IT