गृहपृष्ठ ∕
नेपाल ∕
सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’ सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’
काठमाडाैँ । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवम् आफन्तले ढाकाको नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग सम्पर्क भने केही असहज भएको छ ।
सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा केही दिनदेखिको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बङ्गलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ । प्रदर्शनमा अहिलेसम्म २५ जनाकाे ज्यान गएकाे छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर