Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालतीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू र बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्तै महाकाली र पश्चिम सेती नदीको जलसतह सतर्कता तह भन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दर्चुला, ईलाम, झापा, सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने सम्भावना छ ।

केही स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले आसपासका क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको सुझाव छ ।

यसैबीच आज दिउँसो गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै रातिदेखि सुदूरपश्चिम प्रदेशमा पनि ठुलो पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT