Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु

‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु


काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT