Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा


एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् ।

तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

टोरन्टो हाइड्रोकाअनुसार आँधीले १ लाख ६७ हजारभन्दा धेरैलाई बिजुलीबिहीन बनाएको छ । क्यानडाको मौसमी रिपोर्टअनुसार टोरन्टोमा सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । हिजो त्यहाँ १ सय मिलिमिटर वर्षा मापन भएको बीबीसीले जनाएको छ ।

वर्षाका कारण शहरमा ठूलो बाढी पसेको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द भएका छन् भने केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।

टोरन्टोमा भएका खोला तथा नदीमा पानीको बहाव बढेकोले अझै धेरै डुबानमा फसेकाको उद्धार गर्न बाँकी रहेको त्यहाँँको मौसम विभागले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने

Techie IT