Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिमलताल पहिरोः १७ जनाको शव फेला

सिमलताल पहिरोः १७ जनाको शव फेला


काठमाडौँ । सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।

नायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको हो ।

उनीहरु दुवैको शव घटनास्थलभन्दा १ सय ३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । दुई जनाको शवको सनाखत भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका– ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रपुर नगरपालिका– १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ । आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ । हराइरहेकाहरुको अत्याधुनिक प्रविधिद्धारा खोजि भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा

Techie IT