Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकोरिन भाषामा तयार भयो चलचित्र गोर्खा वारियर

कोरिन भाषामा तयार भयो चलचित्र गोर्खा वारियर


काठमाडौँ । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ ।

निर्देशक मिलन चाम्सको ऐतिहाँसिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा रिलिज पछि अन्य विभिन्न भाषामा बिदेशमा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो चलचित्रलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको हो ।

कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले भने,‘यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको थियो । गोर्खा वारियरलाई पूर्ण रुपमा कोरियन भाषामै स्वराँकन सहित तयार गरेर यसको रिलिजको लागि सो कम्पनीले हिजो कोरियन भाषामै फस्ट लुक्स पोष्टर पनि बनाएर सार्वजनिक गरेको छ ।’ अब यसलाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए । कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरुमा पनि रिलिज गरिने छ । सम्भवत यसरी नेपाली चलचित्र पहिलो पटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको गोर्खा वारियर भएको पनि निर्देशक चाम्सले जानकारी गराए ।

यो चलचित्र यस अघि नेपाली र अँग्रेजीमा निर्माण भईसकेको छ । यो चलचित्रको पहिलो अन्तराष्ट्रिय रेड कार्पेट प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युवमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराएका छन् । यो चलचित्रको हिन्दी सँस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT