Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो


काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको बैंकले जनाएको छ ।

निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको बैंकको दाबी छ ।

वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत छ ।

ग्लोबल आईएमई बैंकको ५ सय अर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभई नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।

‘निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धिले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै ग्राहकसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो,’ बज्राचार्यले भने, ‘यसले भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा दिनेछ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय

बैंकको ब्याजदर घट्यो

काठमाडाैँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य

नेप्सेमा ५०.७३ अंकले गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब

सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै

Techie IT