Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरुको अध्यापन गराउँदै आएको छ । स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लण्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ ।

शैक्षिक नेटवर्कलाई विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसी अधिग्रहण गरेपछि प्रतिक्रिया दिँदै भने, ‘हामी आफ्ना विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई, र क्यानाडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोवल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवद्र्धन गर्नेछ ।’ सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रकृयामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गर्दै कृतज्ञता व्यक्त गरे ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरुलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेकोे छ । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताको लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्। निर्णायक बनेको जनता समाजवादी पार्टी(जसपा)को मत

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । पर्वका अवसरमा

Techie IT