गृहपृष्ठ ∕
नेपाल ∕
पहिरोले बगाउँदा दुईवटा गाडी नारायणीमा बेपत्ता, करिब ६० यात्रुको अवस्था अज्ञात पहिरोले बगाउँदा दुईवटा गाडी नारायणीमा बेपत्ता, करिब ६० यात्रुको अवस्था अज्ञात
काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगाएको छ । आज बिहान ३ बजे पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा पुर्याएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी बगाएको हो । उक्त गाडीमा २०–२१ यात्रु रहेको प्रहरीको भनाइ छ ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स नामको बसमा करिब ४० देखि यात्रु सवार थिए । पहिरोले बगाउँदा गाडी नारायणी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार ७ जना गोताखोरको टोली खोज तथा उद्धारका लागि परिचालन भएको छ । यात्रुको अवस्था अज्ञात छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी