Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना


काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना सञ्चालनमा ल्याएको छ ।

नेपाली उपभोत्तालाई सधै अन मार्फत सशत्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित यो नयाँ योजना ल्याइएको हो ।

उद्यमी व्यावसायीका लागि मासिक रेन्टलमा ४ सय ९९ देखि १ हजार ९ सय ४९ सम्मका पाँचवटा योजनाहरु ल्याएको छ । जस अन्र्तगत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि समावेश गरिएको छ । मेरो लगानी एपले शेयरबजारको नाफा नोक्सान ट्रयाक गर्ने जनाइएको छ ।

यस्तो सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान पनि लिन सक्ने कम्पनीको भनाइ छ ।

नेपाली व्यावसायीको डेडिकेटेड विजनेस पाटर्नसको रुपमा ऐनसेलले इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रको दिगो बृद्धिलाई सहयोग पुर्याउने विश्वास एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल

काठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय

बैंकको ब्याजदर घट्यो

काठमाडाैँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य

नेप्सेमा ५०.७३ अंकले गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब

सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै

Techie IT