Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान


काठमाडाैँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९ दशमलव १७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् ।

यसअघि पुरुष ५० मिटर बटरफ्लाइ पनि २५ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै अजलले कीर्तिमान बनाएका थिए । यस्तै, दिवाकर अवाले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३० दशमलव १५ सेकेन्डमा पूरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको कीर्तिमान तोडेका हुन् ।

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा कुल तीन वटा कीर्तिमान बनेका छन् । प्रतियोगितामा १ सय ६६ अङ्कसाथ निसर्ग वाटिका स्कुल टीम च्याम्पियन बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकामाथि नेपालको जित

काठमाडौँ । नेपालले पहिलो टी-२० आई शृंखलामा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे

साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौँ । संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान,

भिसाको पर्खाइमा सन्दीप लामिछाने !

काठमाडौँ । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एक दिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको

Techie IT