Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्नुस्: सांसद विक

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्नुस्: सांसद विक


काठमाडौँ । नेपाली कांग्रेसका सांसद शान्ति विकले कांग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले यस्तो चेतावनी दिएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो बचनको महत्त्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताए ।

सांसद विकले कांगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री प्रचण्डले कमजोरी ठान्नु गलत भएको जिकिर गरे । उनले सत्ताका लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताए । उनले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो ? भन्दै प्रश्न गरे ।

‘‘२६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने, आफ्नो वचनको महत्त्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु ।,’’ सांसद विकले भन्नुभयो, ‘‘मलाई यो नाम माथि गर्व छ । यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी ठाने । तर उनले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो ?’’

उनले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठुला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो ? भन्दै प्रश्न गरे ।

सांसद विकले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबिचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT