Techie IT
२०८१ असोज १९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसेयर बजारमा २१ अंकको वृद्धि

सेयर बजारमा २१ अंकको वृद्धि


काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको हो ।

यसदिन ३२५ स्क्रिप्सको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँमा खरिदबिक्री भए । सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

यसदिन मैलुङ खोला जल विद्युतका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो । सो कम्पनीको २१ करोड मूल्य बढीको सेयर कारोबार भयो ।

हिमालयन रिइन्स्योरेन्सको १५ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड, गुडविल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो । डेभलपमेन्ट बैंक, फाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन् ।

यसदिन १५० स्टकको मूल्य बढ्दा ८२ वटाको घट्यो भने १५ वटाको मूल्य स्थिर रह्यो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाई एयर एसियाले नेपालमा उडान थाल्यो

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर

आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार

नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय

Techie IT