Techie IT
२०८१ असोज १९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना घाइते

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना घाइते


एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर ज्यान गएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक

उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित

जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।

इजरायलमा इरानको हवाई हमला

एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई

शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदन बाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा

Techie IT