नारायणी नदीमा १६ वर्षयताकै धेरै पानी
नवलपरासी । नारायणी नदीमा १६ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । २०६५ साल (सन् २००८) मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो ।
त्यसबेला नारायणीको बाढीले त्रिवेणीको ठठिया खोलानजिक बांध बगाएर गाउँमा पसेको थियो । नदीमा भइरहेको उच्च बहाव जोखिमपूर्ण अवस्थामा पुगेपछि त्रिवेणी ब्यारेजको सबै ३६ वटा ढोका खोलेर पानी बगाइएको छ ।
यस वर्ष मनसुन शुरू भएपछि नारायणी नदीमा पहिलो पटक पानीको बहाव चार लाख क्युसेक नाघेको हो । हिजो दिउँसो १२ बजे एक लाख ६१ हजार क्युसेक र दिउँसो २ बजे दुई लाख १८ हजार क्युसेक पुगेको थियो । बाढीका कारण नारायणी नदीको तल्लो तटीय क्षेत्र जोखिममा छ । सुस्ता गाउँपालिकाको वडा–३, ४ र ५ का स्थानीय बासिन्दा धेरै जोखिममा छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी