Techie IT
२०८१ असोज १९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’

‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन् ।

‘मैले १२० दिनमा थाहा पाएको, हामीले के भाष्य निर्माण गरेका छौं भने, गरिबका छोराछोरी सामुदायिक विद्यालयमा जान्छन्, धनीका निजीमा । तर, त्यो होइन रहेछ,’ उनी भन्छिन्, ‘हामीजस्ता नेताका, पहुँच पुगेका मान्छेका छोराछोरी निजीमा जान्छन् । पहुँच नभएका, जनप्रतिनिधि वा ठूलो पद नओगटेका, आफ्नो नामको अगाडि माननीय नभएकाहरूका छोराछोरी सामुदायिकमा जान्छन् । भाष्य करेक्ट गरौं ।’

नेपालमा २० प्रतिशत जति गरिब रहेको सरकारी तथ्यांक भएको तर सामुदायिक विद्यालयमा ७० प्रतिशत विद्यार्थी पढ्ने गरेको मन्त्री श्रेष्ठले बताइन् । उनले थपिन्, ‘यसकारण गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

काठमाडौँ । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा

स्कूल बसको ठक्कर बाट बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोक

काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था

Techie IT