Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ: माधव नेपाल

सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ: माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्न आँट गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गरे । “यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ,” उनले भने ।

उनले पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलले संसद्लाई बलियो बनाउन र अहिलेको परिपाटीलाई बचाउन मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको धारणा राखे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य…

काठमाडौँ । चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु परेकाले

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका

अमेरिकामाथि नेपालको जित

काठमाडौँ । नेपालले पहिलो टी-२० आई शृंखलामा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक

Techie IT