गृहपृष्ठ ∕ UK ∕ बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत ! नेपालीपत्र शुक्रबार, २०८१ असार २१ गते, १२:१९ मा प्रकाशित UK काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर, वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट मात्र जितेको छ ।मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो । सन् २०१९ मा कन्जरभेटि पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो । यसपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ ।६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए । चुनावमा खराब नतिजा आएपछि कन्जरभेटिभ पार्टीका नेताहरुको आलोचना भइरहेको छ । #बेलायतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटीधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal