Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था


काठमाडाैँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ । ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पीआईआरले टीबीसीको नाम सूचिकृत गरेको हो । पीआईआरले संस्थाको स्थिरता, नीति तथा नियमहरुका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ । साथै, सामाजिक चुनौतीहरुलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्छन् भन्ने कुरामा पनि पीआईआर केन्द्रीत छ ।

ब्रिटिस कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरुका साथै, साझेदारहरु मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ। कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरु कार्यान्वयन गर्दै आएको छ ।

यो उपलब्धिबारे ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले भने, ‘पीआईआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्वपूर्ण छ । यस रेटिङले ब्रिटिस कलेजको शिक्षा कस्तो छ भन्ने थप प्रस्ट पारेको छ भने यस्ता सर्वेक्षणहरुले हाम्रा प्रयासहरुलाई अन्तर्राष्ट्रिय रुपबाट समेत मार्गदर्शन गरेको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT