Techie IT
२०८१ असार २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीले आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए । माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस–एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच

काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अबिरल झरीकाबीच शनिबार

बाढीपहिरोबाट अझै क्षति हुन सक्छ, उद्धार र राहतमा सक्रिय हुनुः…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सबै तागत लगाउन सम्बन्धित

बाढी, पहिरो र डुबानमा परी १४ जनाको मृत्यु

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।

मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द

बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक

नारायणी नदीमा १६ वर्षयताकै धेरै पानी

नवलपरासी । नारायणी नदीमा १६ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार

Techie IT